Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

बिग्रेका मोबाइल लिन सामसङ घरघरमा पुग्ने, निःशुल्क फोन गरेर बोलाउन सकिने

सामसङ नेपालले आफ्ना ग्राहकका लागि निःशुल्क पिक–अप र ड्रप सेवा ल्याएको छ । यो सेवाअन्तर्गत कम्पनीले ग्राहकको वारेन्टी अवधि रहेको फोन निःशुल्क पिक–अप र ड्रप गरिदिने भएको छ ।

वारेन्टीमा रहेका मोबाइलमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नम्बरमा फोन गर्न सकिने छ । त्यसपछि कम्पनीले एक दिनभित्र ग्राहकको घरबाट उक्त फोन लिएर बनाएर घरमै पुर्‍याइदिने कम्पनीले बताएको हो । कम्पनीले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरी यो सेवा सुरु भएको बताएको छ ।

सेवा लिन ग्राहकले नेपाल टेलिकमको फोनबाट १६६००१७२६६७ र एनसेलबाट ९८०१५७२६६७ मा निःशुल्क फोन गर्न सकिने छ । ह्वाट्सअप नम्बर १६६००१७२६६७ बाट समेत सम्पर्क गरेर सुविधा पाउन सकिने सामसङले जनाएको छ ।

हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरबाट यो सुविधा दिइरहेको कम्पनीले बताएको छ ।