Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

हरिपुर्वामा बागमती सेवा समाजद्वारा २ दिने कान शिविरको शुरूवात

सर्लाहीको हरिपुर्वामा २ दिने कान शिविर सरु भएको छ । बागमती सेवा समाज नेपाल र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालित बालसंरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशिप परियोजना अन्तरगत हरिपुर्वामा २ दिने सुनाई सम्बन्धित समस्या भएका बालबालिकाहरुको लागि कान शिविर आजदेखी सुरु भएको हो। 

450928715_449779414705796_7056292753749993231_n.jpg

उक्त कार्यक्रम हरिपुर्वा नगरपालिका वडा न.३ (धनकौल)को राष्ट्रिय आधारभूत बिधालयमा यस पालिकको नगरप्रमुख बिनोद साहद्वारा उद्घाटन गरिएको छ। उक्त कार्यक्रममा आज यस पालिकाको १८ वर्ष भन्दा मुनिको जम्मा ८० जना बाल बालबालिकाहरुको कानसँग सम्बन्धित समस्याहरूलाई मध्यनजर गर्दै विशेषज्ञबाट चेकजाँच गरिएको छ।

449943037_856212752539489_1775898544511331655_n.jpg

सोही कार्यक्रममा उपस्थित फुलकुमारी पाण्डित भन्छिन्- 'यो भन्दा पहिला पनि मेरो छोरालाई कानको समस्या थियो जसमा यसै संस्थाबाट ज्भबचष्लन ब्मम सहयोग भएको थियो र अहिले आउँदा समस्या सुधार देख्दा खुशी लाग्यो संस्थालाई धन्यवाद ।

451589603_386677840716740_2918306194914256408_n.jpg

त्यस्तै मेयर साह भन्छन्- 'बागमती सेवा समाजले बिगत ५ वर्षदेखि बालबालिकाको समृद्धिको लागि जुन कामहरु गर्दै छन् यो अति नै प्रसंशनीय हो र हामीहरुबाट जेजती साझेदारी सहयोग हुन्छ हामी सदैव तत्पर रहनेछौ।'