विवेक कुमार यादव । भनिन्छ दुखको बेला एकपछि अर्को दुख झन थपिदै जान्छ । यस्तै एकपछि अर्को पीडाबाट गुर्जिरहेकी छिन् सर्लाहीस्थित हरिपुर्वा नगरपालिकाकी रिता देवी यादव ।
रिता देवीको श्रीमान राजेन्द्र राय दुबै मृगौला फेल भएर गत असार १४ गते बिते । उनी बितेको १० दिन नपुग्दै उनको घरमा सहकारीको लिलामी चिट्ठी आइसकेको छ। यो घटना सर्लाहीस्थित हरिपुर्वा नगरपालिका वडा न.३ (धनकौल)को हो । जहाँ ऋणको विषयवस्तुलाई नियाल्दा वास्तविक कुरो अर्कै देखिन्छ वास्तवमा यो ऋण राजेन्द्रले नलिएर उनको कान्छो भाई ललिन्द्रले लिएको देखिन्छ जसको ६ महिना पहिलानै लिभर खराब भएकोले निधन भइसकेको छ ।
जसले ट्रयाक्टर खरिद गर्नलाई पाँच वर्ष पहिलानै सर्वस्व घर-घडेरी धित्तोमा राखेर रु.१४ लाख रुपैयाँ मलङ्ग्वास्थित द सहारा लोन सेविङ्स को -आपरेटिभ सोसाइटी लिमिटेडबाट झिकेको देखिन्छ। पीडित रिता देवि भन्छिन् 'ऋण देवरले लिएको थियो देवरको साथसाथै मेरो श्रीमान पनि बित्नुभयो र अहिले श्रीमानको क्रिया नसक्दै शहकारीको ताकताले पीडामाथि झन् पीडा थपिएको छ मेरो लगायत देवरानीको तीनतीन वटा गरेर छ वटा सन्तान छ सासुमा वृद्ध हुनुहुन्छ र सहकारीको निलामी ताकताले अब बस्न पनि गाह्रो भयो र आफ्नो सर्वस्व लूट्यो ।'
रितादेविले द सहारा सहकारीसँग आफूहरुलाई घरबारविहिन नगर्न अनुरोध गरिका छिन्। त्यस वडाका वडाअध्यक्ष प्रमोद राय भन्छन् 'उहाँहरुको घरपरिवारमा ठुलो नै क्षति भएको ६/६ महिनाको अन्तरालमा दुईवटै दाजुभाइको दुःखद निधन भएको छ जुन घरपरिवारलाई ज्यालामजदुरी गरेर जिविकोपार्जन चलाउँथे हामीले पनि वडाबाट सकेसम्म पहल गर्नेछौं र सम्बन्धित सहकारीलाई पनि पीडितको अवस्था बुझेर समन्वय गरिदिनुहु अनुरोध गरेका छौँ ।'