Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ईभी अटो लोन दिने

एनएमबि बैंकले ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा ईभी अटो लोन उपलब्ध गराएको जनाएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।