Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

कांग्रेसको समर्थनमा केपी ओलीले प्रधानमन्त्रीमा गरे दाबी पेश

नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् । आज शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् ।

kp oli-deuwa2024-07-12-20-57-45.jpg

ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । 

deuwa.jpg

राष्ट्रपति पौडेलले शुक्रबार राति संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

kp.jpg

received_1020098396173671.jpeg