मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी ५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो ।
सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।

ग्राहकले उचित मुल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले मोडलमा १२ महिनाको वारेन्टी तथा एकसय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।

ब्यवसायीलाई १० प्रतिशत मार्जिन
आइटेलले मोबाइल ब्यवसायमा आवद्ध खुद्रा ब्यवसायीलाई आइटेलका कुनैपनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिनेगरि सम्झौता गरेको छ । मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत संतोष भन्डारीले लिखित रुपमा नै दुई पक्षिय सम्झौता गरेका हुन ।

भन्डारीले अबदेखि आइटेलका कुनै पनि सेटमा ब्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए ।