Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

व्यवसायीका लागि एनसेलले ल्यायो ‘बिज सधैं अन प्लान’, के छन् प्याकेज?

नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधै अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल हो ।

WhatsApp Image 2024-07-11 at 17.09.35_d14aa1db.jpg

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उदेश्य रहेको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाईने यसको मुख्य विशेषता रहेका छन् । एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको छ । एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

WhatsApp Image 2024-07-11 at 17.09.35_7757aec7.jpg

‘उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विपयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् । एनसेलले पनि उद्यमका पीडामर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउन काम गरिरहेको छ । त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन्,’

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बीर कायमोभले भने । ‘सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं, अझै उन्नत प्रविधिहरुमा काम गर्न सक्छौ र इनोभेटिभ सोलुसनहरु ल्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुरयाउदै डिजिटल नेपाल भिजन २० मा योगदान गर्न सक्दछ ।’

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरु देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पत्याउने सोलुसनहरुमा पहुँच पुयाउने लक्ष्य राखेको छ । फाइभजीले अत्याधुनिक प्रविधि संचालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ ।

WhatsApp Image 2024-07-11 at 17.09.34_f1026360.jpg

व्यवसायीका लागि एनसेलले ल्यायो ‘बिज सधैं अन प्लान’, के छन् प्याकेज?

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, होटलहरु, व्यवसायीहरु र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु प्रदान गर्दै आएको छ ।

‘सधैं अनमा हाम्रो सफलता र ग्राहकहरुको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं । सधैं अनमा नै हामीले हाम्रा इन्टरप्राईज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाईज्ड भ्यालु दिन चाह्यौं,’ एनसेलका हेड अफ इन्टरप्राईज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने । ‘विज सधै अन र विभिन्न सोलुसन सुटहरुका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौं जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।’

‘बिज सधै अन’ प्लान

एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत रु ४९९ देखि १,९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ।

रु ४९९ को प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, रु ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । रु ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले रु १,५९९ र रु १,९४९ को मासिक प्लान लिन सक्छन् ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र रु ५० बजार शुल्क भन्दा २० गुणा कम शुल्क० मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले रु ३० मा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।