Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जलमग्न काठमाडौं उपत्यका

शुक्रबार रातिदेखि जारी अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन् ।

ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा छ भने वागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ । जसका कारण सर्वसाधारणको विचल्ली भएको छ । 

त्यस्तै भक्तपुरको मनोहरा किनार, ललितपुर र काठमाडौंको बागमती किनारमा सबैभन्दा धेरै बाढीको असर देखिएको छ । बागमती करिडोरबाट आवतजावत गर्न कठिनाइ भएको छ ।

विशेषगरी नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु डुबानमा छन् । बल्खुस्थित तरकारी बजारपनि बाढीको चपेटामा छ । शनिबार निदभर उपत्यका बर्षाका कारण प्रभावित भएको छ ।