Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सप्तकोशीका ४१ ढोका खोलिए

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण अहिले देशभरका विभिन्न क्षेत्रका नदीमा पानीको बहाव बढेको छ । पहिरो खस्दा ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् भने वस्ती डुबानमा पर्दा सयौँ घर विस्थापित भएका छन् ।