Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

काठमाडौँको डुबानलाई लिएर ओलीविरुद्ध खनिदैँ बालेनले भने- भोटको राजनीति यसरी नै गरिरहने हो

काठमाडौँ महानरपालिकाका मेयर बालेन शाह फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खनिएका छन् । काठमाडौँको खोला किनारमा बस्नेहरुलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ ध्यान नदिएको भन्दै उनी ओलीविरुद्ध खनिएका हुन् । 

'आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो,'  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्ः 'अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ?'  उनले काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका तथ्यांक पेश गर्दै भनेका छन्, 'गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।'