Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत

जुम्लामा २० वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या १७ प्रतिशत रहेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहमा २० वर्ष नपुगेका किशोरी आमा बनेको संख्या उल्लेख्य रहेको कार्यालयको भनाइ छ ।

आज यहाँ पत्रकारलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्यसम्बन्धी अभिमुखिकरणका अवसरमा कार्यालयका प्रमुख कृष्ण देवकोटाले चालु आवमा पहिलो पटक गर्भ जाँच गरेकामध्ये २० वर्ष नपुगी गर्भवती हुनेमा सबैभन्दा धेरै गुठिचौर गाउँपालिकामा ३३ प्रतिशत रहेको जानकारी दिए ।

 साथै, चन्दननाथ नगरपालिकामा १३ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानीमा २० प्रतिशत, पातारासीमा २४ प्रतिशत, कनकासुन्दारी २० प्रतिशत, हिमामा १७ प्रतिशत र सिंजा गाउँपालिकामा १५ प्रतिशत किशोरीहरु २० वर्ष नपुग्दै गर्भवती भएका छन् ।