Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य अप्सरी बेगम निलम्बित

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला टोलीकी सदस्य अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले व्यवस्थापन र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै निलम्ब गरेको हो ।

प्रशिक्षण शिविरका दौरान अप्सरीले आचारसंहिता उल्लंघन गरी टिमका व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘एसीसीको कार्यक्रमअनुसार जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा सञ्चालन हुने Women Us T20 Asia Cup क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हालः काठमाडद्यंमा सञ्चालन भइरहेको बन्द प्रशिक्षण शिविर दौरान नेपाली महिला राष्ट्रिय क्रिकेट टीमकी खेलाडी अप्सरी बेगमले राष्ट्रिय महिला टोलीका टीम व्यवस्थापक र टीम प्रशिक्षकमाथि गरेको अभद्र व्यवहार गरी संघको आचारसंहिता उल्लंघन गरेकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको हुँदा निज खेलाडीलाई तत्कालका लागि निलम्बन गर्ने र थप छानविन गरी आवश्यक निर्णय गर्न अनुशासन समितिलाई जिम्मेवारी दिने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ ।