Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विदेश जान नसकेपछि शंखमुल पुलबाट बागमतीमा हामफाल्न खोजेपछि...

काठमाडौंको शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए । उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ । 

‘उनी विदेश जान चाहेका रहेछन् तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाउन नसक्ने बताएपछि आत्महत्या गर्न खोजेको देखियो,’ एसपी नरेशराज सुवेदीले भने ।