Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एमाले मन्त्रीहरुको राजीनामा बुझ्दै प्रचण्डले सुनाए फत्तेमानको गीत– यस्तो पनि हुँदो रैछ...

नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सामुहिक राजीनामा बुझाएका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

WhatsApp Image 2024-07-03 at 20.33.16_88dd0f10.jpg

उनले एमालेका मन्त्रीहरुको एक–एक गरेर राजीनामा बुझे । एमाले मन्त्रीहरुको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् । एउटा कुरा मात्र भन्छु भन्दै उनले फत्तेमान राजभण्डारीको गीत गाए– यस्तो पनि हुँदो रैछ जीन्दगीमा कैले–कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले ।’ प्रधानमन्त्री प्रचण्डले यो राजीनामा आफूले भोलि स्वीकृत गर्ने बताएको एक मन्त्रीले जानकारी दिए ।