Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रोल्पा जीप दुर्घटनाः एकै गाउँका पाँचको मृत्यु, ६ जना गम्भीर घाइते

रोल्पाको तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं.४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब चार सय मिटर तल खसेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जीपमा ११ जना सवार थिए । दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो । जीपमा सवार एउटै गाउँ तालाबाङका थिए ।