Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विद्यालयमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन्। उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले शनिबार साँझ पक्राउ परेको हो। प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएको थियो।

सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।