Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झालाई सात दिन थुनामा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो । शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो ।

पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने धेरै पछि खुलेको थियो ।

छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।