Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आइसिसी ट्वान्टी–२० विश्वकप:

अपराजित रहँदै भारत बन्यो विश्व विजेता, दक्षिण अफ्रिका ७ रनले पराजित

दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ। भारतले अपराजित रहँदै विश्वकपको उपाधि जितेको हो ।

ट्वान्टी–२० विश्वकपको इतिहासमा कुनै पनि टिम अपराजित रहँदै विश्व च्याम्पियन बनेको यो पहिलोपटक हो । भारतले १७ वर्षपछि ट्वान्टी–२० विश्वकपको उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो । शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि उपाधि जितेको हो।

New Project (15).png

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे।

क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा अक्षर पटेलको नाममा एक विकेट रह्यो।

New Project (18).png

त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो। भारतका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे।  अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

केशव महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक/एक विकेट रह्यो।