Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई दियो १७७ रनको लक्ष्य, कसले जित्ला?

विराट कोहलीको अर्धशतकसँगै भारतले आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई उपाधि जित्न १७७ रनको लक्ष्य दिएको छ। 

बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको हो। कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। 

virat.jpg

अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

केशब महराजा र एनरिर्च नोर्ट्जेले समान दुई विकेट लिए। मार्को जोन्सन र कागिसो रबाडाको नाममा एक/एक विकेट रह्यो।