आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतका विराट कोहलीले अर्धशतक बनाएका छन् ।
शनिबार ब्रिजटाउनमा टस जितेर ब्याटिङमा उत्रिएको भारतबाट कोहलीले ४८ बलमा चार चौकासहित ५० रन पूरा गरेका हुन् । जारी विश्वकपमा कोहलीको यो पहिलो अर्धशतक हो।
जारी खेलको १७ ओभर सकिँदा भारतले चार विकेट गुमाएर १३४ रन बनाएको छ । त्यसअघि, भारतले कप्तान रोहित शर्मालाई व्यक्तिगत नौ, सूर्यकुमार यादवलाई तीन रन र ऋषव पन्तलाई शून्यमा गुमाएको थियो ।
ट्वान्टी–२० विश्वकपको इतिहासमा भारत तेस्रो र दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा आएका हुन् ।