Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चितवनमा प्रधानमन्त्रीको रोपाईं, आफैले चलाए धान रोप्ने मेशिन (फोटोफिचर)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा मेशिनबाट धान रोपेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समूहको खेतमा मेशिनको प्रयोग गरी धान रोपेका हुन् ।

PRO_KTM_PRACHANDA_ROPAI_6F8A8176.jpg

उनीसँगै कृषिमन्त्री ज्वालाकुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो । चितवनमा २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विकास कार्यालय चितवन र बछौली बहुउद्देश्यी कृषक समूह रत्ननगरले संयुक्तरुपमा शनिबार यहाँ आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए।

PRO_KTM_PRACHANDA_066A0357.jpg

‘जलवायु परिवर्तनका कारण धानलगायत बालीमा परेको नकारात्मक असर न्यूनीकरण गरी उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको प्राथमिकतामा छ’, प्रधानमन्त्री दाहालले भने, ‘जैविक विविधताको उपयोग गरी पोषणयुक्त उच्च उत्पादन दिने धानका जातको विकास, तथा उत्पादनमा कृषकमैत्री प्रविधिको प्रयोगमार्फत धान बालीको उत्पादन बढाउने रणनीति लिएको छ ।’

तस्बिरः रासस