Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

राष्ट्रपति निवासमा रोपाईं

आज असार १५ अर्थात धान दिवस । यसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना भएको छ । 

449519097_2825764154239292_5127951718704056535_n.jpg

राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाईं कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईंमा सहभागी भएको बताए ।

449382007_2825764450905929_5122963362197120727_n.jpg

‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ’, उनले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपिनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईंमा सहभागी भएको हुँ ।’

449526940_2825764464239261_6743634249654682930_n.jpg