नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि बनेको सिफारिस समितिले अध्यक्ष छनोटको प्रक्रिया रद्द गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै समितिले हालसम्मका सम्पूर्ण छनोट प्रक्रिया रद्द गरिएको जनाएको हो । समितिले गत वर्ष फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो ।
आज समितिले एक सूचमार्फत त्यसयताका सबै प्रक्रियाहरू रद्द गरिएको बताएको हो । गत सोमबार महान्याधिवक्ताको कार्यालयले दिएको रायका आधारमा समितिले प्रक्रिया रद्द गरेको हो ।