Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गुल्मीमा ट्याक्टर दुर्घटनामा ६ वर्षीय बालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटनामा बालकको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा मालिका गाउँपालिका–२ दर्लिका टीकाराम विकका छोरा ६ वर्षीय शिव विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए ।

बिहीबार साँझ छल्दीबाट तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर गुल्मी रेसुङ्गा–४ रायढुङ्गा स्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा दुर्घटनामा परेको हो ।

 घाइतेहरूलाई जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचारपछि पाल्पा लगिएको डीएसपी पोखरेलले जानकारी दिए ।