Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नागार्जुनमा ‘कल्भर्ट’ मा कार खस्दा चालकको गयो ज्यान

नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

नागार्जुन–६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

दुर्घटनामा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको कार कल्भर्टबाट निकालिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।