नवलपुरको कावासोतीमा चट्याङ लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
छिमेकीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर घाइते भएकी कावासोती– १४ अग्यौलीकी ४६ वर्षीया दिलकुमारी थरुनीको मंगलबार मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी उनलाई मध्य विन्दु जिल्ला अस्पताल डण्डाबाट थप उपचारका लागि चितवन भरतपुर ‘रेफर’ गरिएको थियो ।
चितवन लैजाने क्रममा उनको बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।