Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा

जारी टी–२० विश्वकपको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ ।

आज बिहीबार बिहान भएको खेलमा अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले सहजै पूरा गर्न सक्यो । योसँगै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।

अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । उक्त लक्ष्यलाई पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३–३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २–२ विकेट लिएका थिए ।