Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

खेतमा काम गरिरहेका बेला चट्याङ लागेर कैलालीमा दुई जनाको मृत्यु

कैलालीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । जिल्लाको जोशीपुर गाउँपालिका– ३ भितरीया जयराम डंगौराको र धनगढी उपमहानगरपालिका–१८ मा सालिक चौधारीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुवैको आज बिहान खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपीक्षक कविन्द्र बोहराले जानकारी दिए । त्यस्तै जिल्लाको भजनी नगरपालिका–६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते भएका छन् ।

आज विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका छन् ।