Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

ललितपुरमा अरिंगालले टोकेर २४ वर्षीय युवकका गयो ज्यान


 ललितपुरमा अरिंगालले टोकेर एक युवकको ज्यान गएको छ । 

ललितपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपलिका–५, कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमीमा रङ लगाउने क्रममा अरिंगालले टोक्दा बिरामी परेका सप्तरीको खडक नगरपालिका–३ घर भएका २४ वर्षीय तेजनारायण चौधरीको मृत्यु भएको हो ।

हाल काठमाडौँ अनामनगर बस्ने गरेका उनलाई उक्त भवनमा रंग लगाउने क्रममा यही असार ८ गते साँझ साढे ५ बजेतिर अरिंगालले टोकेको थियो । बिरामी भएपछि उनलाई दाइ हरिनारायण चौधरीले उपचारको लागि काठमाडौँको मोडेल अस्पतालमा भर्ना गरेका थिए ।

तर आईसीयूमा राखेर उपचार गर्ने क्रममा आज असार ११ गते बिहान ५ बजे उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । पोस्टमार्टमाका लागि उनको शव शिक्षण अस्पताल (महाराजगञ्ज)पठाइएको प्रहरीले जनाएको छ ।