Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

Photo (6).JPG

सोमबार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गर्दै प्रधान सेनापति शर्माले उल्लेखित पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।  

Photo (8).JPG

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

New Project (9).png

नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूलाई प्रधान सेनापति शर्माले बधाई दिँदै सैनिक जीवनमा सफलताको शुभकामना समेत व्यक्त गरे ।