Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाटामा डुबेर ८ महिने बालकको मृत्यु

तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपापिलका-४ की बिना पुनको ८ महिने छोराको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो। खेल्ने क्रममा बालक उक्त बाटामा डुब्न पुगेका थिए।