Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

खेतमा चट्याङ लागेर एकको मृत्यु

झापामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । 

मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का रहेका छन् । बिहान खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिई रहेको अवस्थामा चट्याङले लागेर एक जनाको मृत्यु भएको हो ।

मंगलबार बिहान ७ बजे घरबाट खेततर्फ जाने क्रममा खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । गम्भीर घाइते भएका खड्कालाई दमकको आम्दा अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।