पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । सोमबार बिहान मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिए ।
उनकाअनुसार मृतक सोही वडाका ७२ वर्षीय मानसिंह चौधरी छन् । चौधरी बिहान नुहाउन नदीमा गएका थिए । नदीमा रहेको गोहीले आक्रमण गर्दा चौधरीको मृत्यु भएको हो ।
गोहीको आक्रमणले उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो । उक्त टोलीले दुई घण्टापछि नियन्त्रणमा लिएको छ ।