Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

गण्डकीका पदमुक्त सांसद देवकोटाको रिटमा सुनुवाइ जारी

गण्डकी प्रदेशका पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय बदर गर्न माग गरिएको रिटमाथि दोस्रो दिन आज सोमबार को सुनुवाइ सुरू भएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा आइतबारदेखि सुनुवाइ सुरू भएको हो । आइतबार सो रिटमाथि बहस नसकिएपछि ’हेर्दाहेर्दै’ मा राखिएको थियो ।

रिटमा गण्डकी प्रदेशसभा सभामुख, गण्डकी प्रदेशसभा, माओवादी केन्द्र, माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान, निर्वाचन आयोग काठमाडौंलगायतलाई विपक्षी बनाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारवाही गरी पदमुक्त गरेको थियो । गोरखाबाट माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित भएका देवकोटाले आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । स्वतन्त्र सांसदलाई कारबाही गर्ने अधिकार माओवादी केन्द्रलाई नभएको जिकिर गर्दै सो निर्णय खारेजको माग गर्दै उनी सर्वोच्च पुगेका हुन् ।