परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुंगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले शान्ति प्रक्रिया नटुंगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताका साथ अगाडि बढिराखेको बताए ।
उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताका साथ अगाडि बढ्नु पर्नेछ ।’
उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे । तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरंकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए ।