Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

असन्तुष्टि हुने बित्तिकै सरकार फेर्ने कुरा सोच्नु हुँदैनः माधव नेपाल

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

राजनीतिक स्थायित्वको पक्षपोषण गर्ने शक्तिले असन्तुष्टि हुने बित्तिकै बसेर छलफल नगरी छिनभरमै समीकरण भत्काउने र सरकार बदल्ने सोच्न पनि नहुने उनले बताए । ‘सरकारले ल्याएको बजेटमा हाम्रा असन्तुष्टि छन्’, नेपालले भने, ‘हामी, बसेर छलफल गर्छौ, सरकार फेरबदलको पक्षमा छैनौं’

सुशासनका सन्दर्भमा नेता नेपालले स्थानीय सरकारलाई कानुन बनाउने र कार्यान्वयन गर्नेसम्मको अधिकार दिएको भए पनि भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको भन्दै दुःख व्यक्त गरे । ‘कर्तव्यको पलना छैन, यहाँ अधिकार धेरै भयो’, उनले भने, ‘भ्रष्टाचार गर्न कोही कसैले पनि अधिकारको दुरुपयोग गर्नु हुँदैन ।’

राजनीति गर्ने देश बनाउन र जनताको सेवा गर्न भएकाले राजनीतिबाट माथि पुगेपछि अधिकारको दुरुपयोग गरि भ्रष्टाचार गर्ने पद्धतिबाट देशको विकास नहुने नेपालले बताए । असार १६ गते हुने पार्टीको राष्ट्रिय माहाधिवेसनको तयारीमा मधेसमा आएका नेपालले आफ्नो पर्टिले आफ्नो देशको विशेषताका आधारमा टेकेर प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउँदै नेतृत्व छान्ने जानकारी दिए । मधेसमा ३३ हजार पार्टी सदस्य र मधेसबाट मात्रै केन्द्रिय प्रतिनिधि ३ सय ३१ रहेकाले मधेसमा समाजवादीको अवस्था निकै राम्रो रहेको नेता नेपालले बताए ।