Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

ईटहरी उपमहानगरपालिका–५ महेन्द्र पेट्रोलपम्पस्थित सडकमा प्रदेश–१–०२–०४५ प २ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा महोत्तरी गौशाला नगरपालिका–१ रामनगर बस्ने ७२ वर्षीय बिमल कुमार सापकोटा रहेका छन् । मंगलबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।