Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

खेल्ने क्रममा सेफ्टी ट्यांकीमा खसेर अढाइ वर्षीय बालकको गयो ज्यान

मोरङमा सेफ्टी ट्यांकीमा डुबेर एक अढाइ बर्षीय बालकको ज्यान गएको छ । विराटनगर महानगरपालिका– ५ का अनिल पासवानको छोरा नितेश पासवानको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार अपरान्ह साढे ४ बजेपछिको समयमा खेल्दै जाने क्रममा नितेश निर्माणाधीन अवस्थामा रहेको शौचालयको सेफ्टी ट्यांकीमा डुबेका थिए । उनकी आमाले देखेपछि उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्‍याइएको थियो । 

तर उनलाई डाक्टरले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।