Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

संसद भवनमा गोली हानी आत्महत्या गरेका प्रहरी जवानको शव पोष्टमार्टमका लागि टिचिङ लगियो

नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमा लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) लगिएको छ । २३ वर्षीय गोलेले बुधबार बिहान ८ बजेतिर आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा गोली हानेर आत्महत्या गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो । बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८ः१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । 

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका गोले हाल संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।