Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् । मामाघरमा बसेर पढिरहेकी किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।