Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

बजेट चाहिंदैन भन्दै सांसद शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका सभामुखमार्फत अर्थमन्त्रीलाई फिर्ता गरिदिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै सांसद शाहीले कर्णालीलाई बजेटमा विभेद गरिएको भन्दै जुम्ला र कर्णालीलाई बजेट नचाहिने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् ।

उनले भने, ‘यो बजेटमाथि सांसदहरुले भोट हालेमा यो जूनीमा होइन अर्को जूनीमा पनि कर्णालीका जनताले सराप्ने छन् । म यो किताब मन्त्रीजीलाई सिधै दिन मिल्दैन । म सभामुखमार्फत यो बजेट किताब जस्ताको तस्तै मन्त्रीजीलाई दिन चाहन्छु । चाहिंदैन बजेट ।’