Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मेयर बालेनको राजीनामा माग्दै कवाड संकलकले घेरे महानगर

कवाड संकलकहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । 

आज मंगलबार उनीहरुले महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले महानगरका मेयर बालेन –बालेन्द्र० शाहको राजीनामा माग गर्दै चर्को नाराबाजी समेत गरेका छन् ।

काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका हुन् ।