Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद बैठकमा बजेट पुस्तिका च्यातेका छन् । प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव र बजेटमाथि छलफल गर्न रोष्टममा पुगेका लिङदेनले सम्बोधनका क्रममा भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका हुन् ।

‘सामान्यतया आफूलाई हेर्दा कम आक्रोश पोख्ने र कम रिसाउने मान्छे हो म, तर जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बजेट पुस्तिका हातमा पर्‍यो । त्यो दिनदेखि म यसरी तात्तिएको छु कि म यो यसरी च्यातेर (च्याँत्दै), यसरी हुर्‍याउने मन छ तर संसदीय मर्यादा विपरित हुन्छ भनेर कहाँ हुर्‍याउँदा हुन्छ त्यहाँ नहुर्‍याएर यहाँ (रोष्टमको टेबलमा‘) राखें ।’

उनले यो आफ्नो मनको मात्र नभई हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चार निर्वाचन क्षेत्र बाहेकको मनको कुरा भएको उल्लेख गरे । लिङ्देनले थपे, ‘सामान्य लाज घिन पनि नराखेर राज्य स्रोतमाथि मनपरी कति दिनसम्म मानिसहरुले सहेर बस्ने हो रु यो देख्छन्, पढ्छन् भनेर जिल्लाको नाम छापेर धेरै देखिन्छन् भनेर जिल्लाको समेत नाम नराखी योजना राखिएको छ ।’ उनले बजेट मन्त्री र प्रधानमन्त्रीको गोजी र चिटकटोबाट आएको भन्दै विरोध गरे । उनले अहिलेको निर्वाचन प्रणाली र बजेट निर्माण प्रक्रिया सुधार गर्नु आवश्यक रहेको उल्लेख गरे ।