Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चिनियाँ उच्च अधिकारीको टोली आज नेपाल आउँदै

चीन सरकारको एक उच्चस्तरीय टोली आज मंगलबार नेपाल आउँदैछ । गृह मन्त्रालयको निमन्त्रणामा सिचुवान प्रान्तका उपप्रमुख एवं पब्लिक सेक्युरिटिज विभागका प्रमुख ये हानपिन नेतृत्वमा ५ सदस्यीय टोली आज बिहान नेपाल आउन लागेको हो ।

हानपिन नेतृत्वको टोलीले परराष्ट्र मन्त्री, गृहमन्त्री, गृहसचिव लगायत उच्च अधिकारीहरुसँग भेट गर्नेछ । गृह मन्त्रालयमा आपसी हित र सुरक्षा चासोका विषयमा द्विपक्षीय छलफल हुनेछ । 

भ्रमण टोलीमा तङ हुवा, जङ सिआओछिन, चुङ ख, थाङ जिआसिन रहेका छन् ।