Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति (पत्रसहित)

सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति भएको छ । 

सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा इन्धन ढुवानी गर्ने सहमति भएको हो । अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको ढुवानी समस्या समाधान हुने भएको हो ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतको संयोजकत्वमा समिति गठन हुने सहमति भएको हो । 

सहमतिपत्र  

sahamati-petrol.png