Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

आईसीसी ट्वान्टी–२० विश्वकपः नेपाललाई हराउँदै बंगलादेश सुपर–८ मा

बंगलादेश सामु नेपालले हार बेहोरेको हो । बंगलादेशले दिएको १०७ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । बलिङ राम्रो गरेको नेपाल ब्याटिङमा भने चम्कन नसक्दा बंगलादेशसामु २१ रनले हारेको हो ।

१ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे ।

किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९।३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।