आईसीसी ट्वान्टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित भएको छ ।
११७ रनको लक्ष्य पाएको नेपालले लगातार विकेट गुमाएपछि नेपालले सहज जित हात पार्न सकेन । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो । नेपालका लागि आशिफले सर्वाधिक ४२ रनको योगदान गरे ।