Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

एकै ओभरमा नेपालले दुई विकेट गुमायो, कप्तान रोहित पौडेल शुन्य रनमा आउट

आईसीसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।  कुशल भुर्तेल आउट भएसँगै मैदानमा आएका नेपालका कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए । 

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७.२ ओभरमा ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाएको हो । भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरे । सोही ओभरको चौथो बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाएको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।