Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले पहिलो विकेट गुमायो, कुशल भुर्तेल १३ रन बनाएर आउट

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको छ । भुर्तेल २१ बलमा १३ रन बनाएर आउट भएका छन् ।

आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ पावर प्लेमा नेपालले राम्रो सुरुआत गरेको थियो ।

शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ६ ओभरको खेल समाप्त हुँदा विकेट नगुमाई ३२ रन बनाएको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।