Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

दक्षिण अफ्रिकाविरुद्ध चम्कियो नेपालको स्पिन: कुशलले चार र दीपेन्द्रले तीन विकेट लिए, सन्दीप लामिछानेले पाएनन् विकेट

नेपाललाई ११६ रनको लक्ष्य

आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकाबाट ११६ रनको लक्ष्य पाएको छ । शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो ।

cdf.jpg

दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । दीपेन्द्रसिंह ऐरीबाट ‘कट एन्ड बोल्ड’ हुनुअघि उनले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । ट्रिस्टान स्टुब्सले २७ रन बनाए । कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

448305513_887143316775383_9047095814949851588_n.jpg

दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोक्न नेपालबाट सात विकेट नै स्पिन बलरले लिए । नेपालका कुशल भुर्तेलले चार विकेट लिए । चार ओभर बलिङ गरेका भुर्तेलले १९ रनमात्र खर्चिए । दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले २१ रनमात्र खर्चिए । यसबाहेक, किफायती बलिङ गरेका सन्दीप लामिछानेले विकेट नलिए पनि चार ओभरमा १८ रनमात्र खर्चिए ।

448303982_887128550110193_2856331525228092915_n.jpg
 
सुपर–८ को सम्भावना कायम राख्न नेपाललाई आज जितको दबाब छ । समूह ‘डी’ मा नेपाल तीन खेलबाट एक अंकसहित नेपाल तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ६ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले सुपर–८ मा स्थान निश्चित गरिसकेको छ । 

nepal vs SA.png